बाँके, २९ फागुन, २०७८ ।
एमाले निटक पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा बाँकेका आठ जना सर्वसम्मत निर्वाचित भएका छन् । २८ फागुनमा पोखरामा सम्पन्न ९ औँ महाधिवेशनबाट बाँकेका पूर्व केन्द्रिय सदस्य सहित आठ जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य समेत रहेका एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले जानकारी दिए ।
उनले पूर्व केन्द्रिय सदस्य भेषराज बस्नेत र रुद्र सुवेदी पुनः केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताए । त्यसैगरि, महाधिवेशनबाट विश्वराज पछल्डङ्ग्या, रुपनी जिएम, रुपा गहतराज र शकील अहमद कादरी पनि केन्द्रिय सदस्यमा निर्वाचत भएका छन् । पूर्व केन्द्रिय सदस्य विष्णु बेल्बासे अनुशासन आयोगको सदस्यमा निर्वाचित भएको विसीले बताए । त्यसैगरि, पूर्व केन्द्रिय सदस्य गोविन्द शर्मा निर्वाचन आयोगको सचिव र हेमन्त विक निर्वाचन आयोगको सदस्यमा निर्वाचित भएका छन् ।
चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित भएका छन् । नवगठित समितिको उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन चौधरी र देविका घर्तीमगर निर्वाचित भएका छन् । त्यसैगरि, महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य, सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्भव नेपाल चयन भएका छन् ।
यसैगरी अनुशासन आयोगको अध्यक्षमा नवराज महतारा, लेखा आयोगको अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल रहेका छन् । शुक्रबारदेखि सुरु अधिवेशनमा देशभरका एक हजार दुई सयजना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।