गाभर होमस्टेमा रैथाने परिकारको स्वादसँगै लोपोन्मुख जिव हेरेर आनन्द लिन पाइने

बाँके, २६ फागुन, २०७८ ।


विभिन्न थरिका स्थानीय परिकारको स्वाद चाख्न पाइने गाभर भ्याली होमस्टेमा अव विभिन्न थरिका लोपोन्मुख जिवकोको अवलोकन गरि आनन्द लिन पाइने भएको छ । होमस्टेमा ‘सामुदायिक जीन बैँक’ स्थापना गरिएपछि विभिन्न थरिका जिवको अवलोकन गर्दै स्थानीय परिकारको स्वाद लिन पाइने भएको हो ।
माहुरी लगायत अन्य जिवको संरक्षण गर्न जीन बैँक स्थापना गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले माहुरी र माहुरी प्रजातिका अन्य जिवका साथै पानीमा पाइने किराको अवलोकन गर्ने ब्यवस्था मिलाइएको बताए ।
माहुरी र माहुरीजन्य जिवका लागि बस्ने ब्यवस्था मिलाइएको उनले बताए । उनले पानीमा पाइने जिवका लागि पोखरीको ब्यवस्था मिलाइएको बताए । पृथ्वीमा पाइने विभिन्न जिवजन्तुले पर्यावरण संरक्षणमा टेवा पुर्याउन भएकोले विभिन्न जिवको संरक्षण गर्न अभियान थालिएको उनको भनाई छ । ‘जिव बिना मान्छे जिवित रहने कल्पनासमेत गर्न सकिदैन,’ उनले भने ।
उनले सामुदायिक जीन बैँक नेपालकै पहिलो भएको दावी गरे । जिवजन्तुको संरक्षणलेमात्र मानव जाति जिवित रहने बताउँदै उनले कंक्रिटको घर निर्माण बढ्दै जाँदा सुष्म जिव नासिदै जाँदा मानव जातिलाई असर पर्न थालेको बताए । उनले भने, ‘जिव नरहे मानव जाति जिवित रहन सक्दैन, त्यसैले जिव संरक्षणका लागि जीन बैँक स्थापना गरेका छौँ,’ उनले भने ।
उनले गाभर भ्यालीमा रहेका सवै होमस्टेले जीन बैँक विस्तार गरिने जानकारी दिए । ‘होमस्टेमा जीन बँैक स्थापना हुनेनै छ, गाभर भ्यालीमा रहेका अन्य घरमा पनि जीन बैँक स्थापना गर्ने योजना छ,’ चौधरीले भने ।
राष्ट्रिय जीन बैँक (नार्क) का प्रमुख डा. बालकृष्ण जोसीले ब्यवसायिक रुपमा जीन बैँक संचालन भए पनि सामुदायिकस्तरमा यो पहिलो भएको बताए । उनले पृथ्वीमा २४ हजार तीन सय प्रजाति भए पनि विस्तारै लोप हुँदै गएको बताए । प्रकृतिको चक्रलाई सन्तुलनमा राख्न ६ प्रकारका प्रजातिको संरक्षण आवश्यक भएको उनको भनाई छ । ‘बाघ, बाली, घाँसे बाली र किराफट्यांग्राले प्रकृतिलाई जोगाएको छ,’ उनले भने ।
रैथान बाली संरक्षण केन्द्रका अध्यक्ष तिलक शर्माले पृथ्वीमा भएका सवै जिवजन्तुको संरक्षण आवश्यक भएको बताए । उनले जिवमात्र पृथ्वी स्वर्ग हुने बताए । जिव बिनाको मानव श्रृष्टिको कल्पनासमेत गर्न सकिदैन । जिवमात्र भएको पृथ्वी स्वर्ग समान रहन्छ, तर मानवमात्र भएको पृथ्वी हुन सक्दैन,’ उनले भने ।


जीन बैँक संरक्षण संजाल गठन
सामुदायिक जीन बैँक संरक्षण संजाल गठन भएको छ । राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र (जीन बैँक) र रैथाने एग्रिप्रोडक्ट नेपालको सहकार्यमा संचालित सामुदायिक जीन बैँक तथा किरा फिल्ड सम्बन्धि तालिममा सहभागीले संजाल गठन गरिएको हो ।
बाँकेका पर्मल बस्नेतको अध्यक्षतामा गठन भएको संजालको उपाध्यक्षमा डम्बरबहादुर बडुवाल, सचिवमा गाभर भ्याली होमस्टेका कृष्ण चौधरी, सहसचिवमा सुदिप योगी, कोषाध्यक्षमा शान्ति चौधरी र सदस्यमा सुमन चौधरी, सन्तकुमार चौधरी र सोमप्रसाद चौधरी चयन भएका छन् ।
संजालले जीन बैँक स्थापनाका लागि विभिन्न जिल्लामा जिल्लास्तरिय समिति गठन गर्ने र जीन संरक्षणका लागि पहल गर्ने सचिव कृष्ण चौधरीले बताए ।

Previous articleपर्यटन प्रवर्द्धन गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ आजबाट सुरु
Next articleप्रेस चौतारीको केन्द्रिय सदस्यमा बाँकेका सात जना निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here