नेपालगन्ज रंगशालाको पौडी पोखरी २५ फागुन अगावै संचालन गर्ने तयारी

बाँके, २० फागुन, २०७८ ।
नेपालगन्जस्थित रंगशालामा संचालित पौडी पोखरी एक हप्ताभित्र संचालनमा आउने भएको छ । गत बर्ष चैत्रदेखि संचालनमा आएको पौडी पोखरी कोरोनाका कारण केहि महिना बन्द भएको थियो । कोरोना संक्रमण दर कम भएपछि जेठमा संचालन गरिएको थियो । चिसो मौसम सुरु भएपछि बन्द भएको पौडी पोखरी यहि १५ फागुन अगावै संचालनमा ल्याउने तयारी गरेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।
उनले संचालनका लागि पौडी पोखरी मर्मत र सफाई गरिरहेको बताए । ‘पुरानो पानी फाल्ने, लेउ लगायत अन्य फोहर सफा गर्ने काम जारी छ । एक–दुई भित्र सफाईको काम सकेर संचालनमा ल्याउँछौँ,’ उनले भने ।
पौडी पोखरी सफाईको काममा नेपाली भैरव प्रसाद दल गणले सहयोग गरेको उनले बताए । पोखरी तयार हुने वित्तिकै नेपाली सेनाले पौडी प्रतियोगिता गर्ने उनले जानकारी दिए । ‘प्रतियोगिता सकिएपछि अन्य सर्वसाधारणका लागि खुला गरिने छ,’ कार्यालय प्रमुख चन्दले भने ।

Previous articleलुम्बिनी प्रदेशका सय जना मानव अधिकार रक्षक एक ठाउँमा
Next articleकोरोनाको बहानामा पत्रकारलाई पेशाबाट ननिकाल्न र वीमा रकम चाँडो उपलब्ध गराउन प्रेस चौतारीको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here