काँग्रेस बाँकेमा संस्थापन इतरका गौडेलको अग्रता : ५१ प्रतिशत मत नपुग्दा शुक्रवार फेरि मतदान

बाँके, १९ फागुन, २०७८ ।


नेपाली काँग्रेस बाँकेका विहीबार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन इतरका सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले अग्रता लिएका छन् । उनले पाँच सय ६९ मत पाएका छन् । तर, उनले प्राप्त गरेको मत ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको निर्वाचन शुक्रवार हुने भएको छ ।
सभापतिका अर्का उम्मेदवार बादशाह कुर्मीले पाँच सय ३८ र सुरेन्द्रबहादुर हमालले तीन सय १४ मत पाएका छन् । कुर्मी र हमाल संस्थापन पक्षका हुन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान शुक्रवार हुन लागेको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए ।
दोस्रो चरणको निर्वाचनमा सवैभन्दा धेरै मत ल्याउने गौडेल र दोस्रो स्थानमा रहेका कुर्मी वीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो स्थानमा रहेका हमालले दोस्रो चरणमा कुर्मीलाई समर्थन गर्ने भएका छन् । उनले यसअघि दुवै जना संस्थापन पक्षका उम्मेदवार भएको बताउँदै दोस्रो चरणको निर्वाचन भए एकले अर्कोलाई सघाउने बताएका थिए ।
सभापतिका लागि शुक्रवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । सभापति पदका लागि मतदान भएपछि सभापतिसँगै अन्य पदको मत गणना हुने निर्वाचन अधिकृत शाहीले बताए ।

Previous articleकसरी नियन्त्रणमा लिइयो मान्छे खाने पाटे बाघ ?
Next articleएमाले नेता बास्कोटाको प्रचण्डमाथि आरोप : राष्ट्रबाद होइन, सत्ताबाद र चरम अवसरबादी चरित्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here