बाँके, १७ फागुन ।
खजुरा गाउँपालिकाको खजुरा बजारमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । खजुरास्थित ज्ञानोदय मावि जाने चोकमा अज्ञात समुहले राखेको बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
केहि दिन अघि उक्त चोकलाई राप्रपाका नेता, कार्यकर्ताले नेपाली झण्डा गाडेर पृथ्वी चोक नामाकारण गरेका थिए । शंकास्पद बस्तुको बारेमा बुझ्न नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको उनले बताए ।