एमाले पार्टी कार्यालयमा आगजनी, सुर्खेतमा कर्फ्यू आदेश जारी

सुर्खेत, १६ फागुन, २०७८ ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलवार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएपछि सुर्खेत प्रशासनले सदरमुकाम वीरेन्द्रनगर कर्फ्यू आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार बेलुकी एमसीसी विरोधी प्रदर्शन चर्किदै जाँदा प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएको र धन जनको क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

Previous articleअझैँ फेला परेन मान्छे खाने ‘बाघ’
Next articleखजुरा बजारमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here