एमसिसीको विरोधमा नेपालगन्जमा राप्रपाको प्रदर्शन

बाँके, १२ फागुन, २०७८ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस) विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ । राप्रपाले विपी चोकमा टायर बालेर एमसिसीको विरोध जनाएको सहायक महामन्त्री ऋषिराज देवकोटाले बताए ।
राष्ट्रियता रक्षाको निम्ति राप्रपा र देशभक्त राष्ट्रप्रेमी युवाले बिपी चोकमा विरोध प्रदर्शन गरेको उनले बताए । उनले राप्रपा एमसिसी लागु हुन नहुने पक्षमा रहेको बताउँदै एमसिसी कुनैपनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे । ‘सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आन्दोलनमा छौँ,’ उनले भने ।
विरोधसभामा बोल्ने नेताहरुले एमसिसीलाई राष्ट्रघातीको संज्ञा दिँदै संसदबाट कुनै पनि हालतमा पारित गर्न नहुने धारणा राखे ।
संसदको बैठक बोलाएकै दिन ६ विद्यार्थी संगठन, सिके राउतको जनमत पार्टी लगायतले नेपालगन्जमा विरोध प्रदर्शन गरेको बाँके प्रहरीले जनाएको छ । विभिन्न राजनीतिक दल र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय र त्रिभुवन चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।

Previous articleतीन किलो चरेशसहित दुई महिला र एक पुरुष पक्राउ
Next articleबाँकेलाई पूर्ण विद्युतिकरण जिल्ला घोषणा गर्ने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here