डुडुवाका ७२ बाल विकास केन्द्रलाई सामग्री प्रदान

बाँके, ८ फागुन, २०७८ ।


डुडुवा गाउँपालिकाले बाल विकास केन्द्रलाई शैक्षिक सामग्री प्रदान गरेको छ । डुडुवा गाउँपालिकाका ६ वटै वडामा रहेका ७२ वटा बाल विकास केन्द्रलाई कुसन, कार्पेट लगायतका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
डुडुवा गाउँपालिका २ स्थित लाली गुराँस प्रारम्भिक बाल विकास केन्द्रमा आइतवार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सामग्री हस्तान्तरण गरेको उनले बताए । चिसो मौसममा साना बालबालिकालाई न्यानोमा बस्न कार्पेट र कुसन प्रदान गरिएको उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष चौधरीले साना नानीहरुको पढने बानी विकासका लागि बाल विकास केन्द्रको पढाइ प्रभावकारी रहेको बताए । उनले पछिल्लो अवस्थामा सबै बाल विकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताए ।
अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बाल विकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनुसार प्रभावकारी व्यवस्थापन गरि नियमित रुपमा संचालनमा ल्याइएको जिकिर गरे । ‘यो सामग्रीले बालबालिकालाई बसेर पढ्न तथा खेल्नका लागि सहयोगी हुनेछ,’ उनले भने ।

Previous articleपश्चिम नेपालमा छारे रोगका ६–७ सय विरामी
Next article१२ सय ५६ जनाको स्वास्थ्य वीमा बनाएको डुडुवाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here