राप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित

बाँके २ फागुन, २०७८ ।


राप्ती सोनारी गाउँपालिकाले अन्तिम समयमा ६ वटा कानुन पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १० औं गाउँसभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता, नमुना वन सम्बन्धि, भुमी ब्यवस्था, स्वास्थ्य तथा सरसफाई र सहकारी सम्बन्धि ऐन सर्वसम्मत पारित गरेको हो ।
सो क्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् १० औं गाउँसभाका सभाध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे । यस्तै, गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।
सभामा गाउँपालिकाका विधायन समितिका संयोजक गंगाराम थारुले प्रस्तुत विधेयकबारे आफ्नो धारणा राखेका थिए । सभाका सदस्य महाबीर ओली, टिकाराम बस्नेत र धनी ओलीले सम्बोधन गरेका थिए । गत २७ माघमा १० औं गाउँसभा सुरु भएको थियो ।

Previous articleएसईई उत्तीर्ण छात्रालाई डुडुवा गाउँपालिकाद्वारा साइकल प्रदान
Next articleनेपालगन्ज कन्या माविप्रति मुस्लिम समुदायको आकर्षण (फोटो फिचर सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here