एसईई उत्तीर्ण छात्रालाई डुडुवा गाउँपालिकाद्वारा साइकल प्रदान

बाँके, १ फागुन, २०७८ ।


डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत एसईई उत्तीर्ण गरेका छात्राहरुलाई साइकिल प्रदान गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न उत्प्रेरणा जगाउन गाउँपालिकाले साइकल प्रदान गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
विक्रम सम्बत् २०७७ सालमा एसईई उत्तीर्ण गरेका एक सय २२ जना छात्रालाई साइकल प्रदान गरिएको उनले बताए । गाउँपालिका भित्र रहेका पाँच वटा माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्रालाई प्रोत्साहन स्वरुप साइकल प्रदान गरेको बताए । उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरि उनीहरुको भविष्य सुनिश्चित गर्न साइकल वितरण गर्ने योजना गाउँपालिकाले बनाएको हो,’ उनले भने, ‘साइकलले उच्च शिक्षाका लागि नेपालगन्ज आउजाउ गर्न मद्दत पुग्ने विश्वास छ ।’
उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षामै सिमित हुने गरेको बताउँदै उच्च शिक्षा हासिल गर्न नसक्ने समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने उनको विश्वास छ । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरीको शिक्षामा टेवा पुग्ने बताए ।

Previous articleतुलसीपुरस्थित जुत्ता पसलमा आगलागी हुँदा चार बालबालिकासहित पाँचको मृत्यु
Next articleराप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here