तुलसीपुरस्थित जुत्ता पसलमा आगलागी हुँदा चार बालबालिकासहित पाँचको मृत्यु

दाङ, २८ माघ, २०७८ ।


दाङको तुलसीपुरस्थित एक जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५, ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार आज बिहान २ बजेतिर आगो लाग्दा निसासिएर पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार बालबालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । मृत्यु हुनेमा करिब ५–६ वर्षका अबिद्दिन अली, करिब १३–१४ वर्षीया सजिता खातुन, करिब १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली रहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको थियो।
विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

Previous articleखजुरा खानेपानीमा दुई गठबन्धन, एमाले–राप्रपा गठनबन्धनको नेतृत्व निरौलाले गर्दै
Next articleएसईई उत्तीर्ण छात्रालाई डुडुवा गाउँपालिकाद्वारा साइकल प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here