बागमती प्रदेश लोकसेवा आयोग विरुद्ध सर्वोच्चमा रिट दायर : थारू कलस्टरको ब्यवस्था गर्न माग

बाँके, २६ माघ, २०७८ ।


बागमती प्रदेशको लोकसेवा आयोगले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
प्रदेश लोकसेवा आयोगले गत ४ माघ र १० माघमा गरेको विभिन्न पदको विज्ञापनको सूचना प्रकाशन गर्दा आरक्षण कोटामा थारू समुदायका लागि आरक्षण सिटको ब्यवस्था नगरेको दायर गरिएको रिटमा उल्लेख छ । रिटमा आयोगले विज्ञापनमा समावेशी समूहतर्फ थारू क्लस्टरलाई छुटाउँदा संविधानप्रदत्त रोजगारको हक अवरुद्ध हुन पुगेको र विज्ञापन गैरसंवैधानिक भएको जिकिर समेत गरिएको छ।
रिटमा विज्ञापन बदर गरी थारू क्लस्टरलाई समेटेर नयाँ विज्ञापन आह्वानको माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, लोकसेवा आयोग बागमती प्रदेशलगायतलाई विपक्षी बनाइएको छ।

Previous articleप्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र सुवेदीको विदाई
Next articleखजुरा खानेपानीमा दुई गठबन्धन, एमाले–राप्रपा गठनबन्धनको नेतृत्व निरौलाले गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here