खजुरा खानेपानीमा दुई गठबन्धन, एमाले–राप्रपा गठनबन्धनको नेतृत्व निरौलाले गर्दै

बाँके, माघ २६, २०७८ ।


खजुरा गाउँपालिकास्थित खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि बुधबार उम्मेदवारी दर्ता भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचनमा एमाले र राप्रपाको गठबन्धनको नेतृत्व एमाले नेता सतिश निरौलाले गरेका छन् ।
उक्त गठबन्धनबाट अध्यक्षमा निरौला, उपाध्यक्षमा मोहन खड्का, सचिवमा मिरा खनाल सापकोटा, कोषाध्यक्षमा चन्द्रप्रकाश खड्का, महिला सदस्यमा पम्फा तिवारी र सदस्यहरुमा किरणबहादुर क्षेत्री, भक्त गोदार, सुनिता कँडेल, सुधिर शुक्ला, दोर्णबहादुर काफ्ले र घनश्याम अधिकारीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, पाँच दलीय गठबन्धनको तर्फबाट अध्यक्षमा नोकवहादुर गोदार, उपाध्यक्षमा श्रवणधिर खड्का, सचिवमा मदन सुनार, कोषाध्यक्षमा गीता सापकोटा, महिला सदस्यमा नन्दकली खरेल र सदस्यहरुमा प्रेमबहादुर बुढाथोकी, गोपाल थापा, खेमलाल उपाध्याय, लक्ष्मण कार्की, तेजेन्द्रकुमार विक र आशा कुमारी क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
एमाले नेता निरौलाले गठबन्धनलाई पराजित गर्दै आफुहरु विजयी हुने सुनिश्चित रहेको बताए । उनले खजुरा खानेपानीमा योग्य नेतृत्व उपभोक्ताको रोजाइँमा पर्दै आएको बताए । उनले आफुसँग खजुरा खानेपानीको सुधारका लागि प्रष्ट योजना रहेको दावी गरे ।
खजुरा खानेपानीमा ८ सय बढि सदस्य रहेका छन् । खानेपानीका लागि यहि २९ गते मतदान हुने निर्वाचन समितिका संयोजक मित्रलाल सापकोटाले जानकारी दिए ।

Previous articleबागमती प्रदेश लोकसेवा आयोग विरुद्ध सर्वोच्चमा रिट दायर : थारू कलस्टरको ब्यवस्था गर्न माग
Next articleतुलसीपुरस्थित जुत्ता पसलमा आगलागी हुँदा चार बालबालिकासहित पाँचको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here