प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र सुवेदीको विदाई

बाँके, २४ माघ, २०७८ ।


नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतको उपमहानगरपालिकाको कार्यालयमा स्वागत गरिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत तथा यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको विदाई गरिएको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए ।
नगर प्रमुख डा. धवलशमशेर राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई माला लगाएर विदाई गरे । सुवेदीको करिब तीन महिनामै नेपालगन्जबाट सरुवा भएको भन्दै नगर प्रमुख राणाले उनले नेपालगन्जको विकास निर्माणको सन्दर्भमा छोटो समयमै महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद दिए । उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्याकालमा विकास निर्माणका कामले गति लिने बिश्वास ब्यक्त गरे ।
सुवेदीले छोटो समयमा नेपालगन्जमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधी र कर्मचारी सबैको साथ र सहयोग लिएर नेपालगन्जको विकास निर्माणमा ईट्टा थप्ने प्रयास गर्ने प्रतिवद्धता जनाए ।
गृह मन्त्रालयमा रहँदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसकेका बस्नेतले दैलेखको नारायण नगरपालिका, सल्यानको बागचौर नगरपालिका र सुर्खेतको भेरी गंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । बस्नेतले यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Previous articleचौतारी बाँकेको स्थापना दिवसमा निशुल्क आँखा जाँच शिविर
Next articleबागमती प्रदेश लोकसेवा आयोग विरुद्ध सर्वोच्चमा रिट दायर : थारू कलस्टरको ब्यवस्था गर्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here