चौतारी बाँकेको स्थापना दिवसमा निशुल्क आँखा जाँच शिविर

बाँके, २२ माघ, २०७८ ।


प्रेस चौतारी बाँकेको २४ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविरमा ५० जना पत्रकारले सेवा लिएका छन् । भिजन आँखा अस्पतालको सहयोगमा आयोजना गरिएको आँखा जाँच शिविरमा बाँकेका ५० जना क्रियाशील पत्रकारले सेवा लिएको चौतारी बाँके अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।
आँखा जाँच शिविरमा दुईजना पत्रकारमा मोतियाबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको नेत्ररोग विशेषज्ञ डा. प्रचण्ड गौतमले बताए । शल्यक्रिया गर्नुपर्ने पत्रकारलाई ५० प्रतिशत छुट दिइने उनले बताए । आँखामा देखिएको समस्याको आधारमा शिविरमा आएका पत्रकारलाई औषधि समेत निःशुल्क प्रदान गरिएको उनले बताए ।
स्थापना दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रमसँगै केक काटिएको थियो । सो अवसरमा एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिले पत्रकारले निष्पक्ष समाचारमा ध्यान दिनुपर्ने बताए । उनले खोलमुलक समाचारमा विशेष कलम चलाउन सुझाव दिए ।
स्थापना दिवसकै अवसरमा चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको सम्मानमा ‘रेशम विरही सृजनशील पत्रकारिता पुरस्कार’ कोषको शुभारम्भ गरिएको थियो । अर्को वर्षदेखि जिल्लाका एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कृत गरिने अध्यक्ष रोकायले बताए ।

Previous articleबाँकेका किसानलाई राहत दिन गृह मन्त्रालयसँग रु. ३८ करोड माग
Next articleप्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र सुवेदीको विदाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here