नेपालगन्जमा युवा संघको मसाल जुलुस प्रदर्शन

बाँके, १८ माघ, २०७८ ।


स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, बाँकेले मंगलबार नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । पराजय भोग्ने डरले पाँच दलिय गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा युवा संघले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको बाँके इन्चार्ज खेम शर्माले बताए ।
एमाले पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुग्नै लाग्दा प्रहरीले बल प्रयोग गर्दा सो क्षेत्र केहिवेर तनावग्रस्त बनेको थियो । मसाल जुलुस समापन कार्यक्रममा युवा संघ बाँके इन्चार्ज खेम शर्माले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरे । उनले वर्तमान गठबन्धन सरकार निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै समयमा निर्वाचन नगराए त्यसको परिणाम नराम्रो आउने चेतावनी दिए ।
मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, जिल्ला सचिव रत्न खत्री, युवा संघ बाँकेका संयोजक ज्ञानु ओली, कस्माखर बस्याल लगायतले सहभागिता जनाएका थिए । स्थानीय तहको मिति तत्काल घोषणा गर्न, इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, लिपुलेकस्थित नेपाली भूमिमा भारतले गरिरहेको सडक निर्माण कार्य रोक्नुपर्ने लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरिएको युवा संघ बाँके संयोजक ज्ञानु ओली बताए ।

Previous articleनेपालगन्ज नाकाबाट चिनी र चामल आयातमा कमी, लक्ष्य पूरा गर्न असफल
Next articleकोरोना विरुद्धको खोप अभियानमा स्वस्फूर्त सहभागी हुँदै डुडुवाका बालबालिका (फोटो फिचर सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here