भारतबाट आयात हुने सुन्तलामा अत्यधिक विषादी भएको पुष्टि

बाँके, ११ माघ, २०७८ ।


भारतबाट आयात हुने सुन्तला खान अयोग्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले जनाएको छ । भारतबाट आयात हुने सुन्तलाको विषादी जाँच गर्दा अत्यधिक मात्रामा विषादी फेला परेको कार्यालयका सुचना अधिकारी अमित भुषण सुमनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कात्तिकदेखि तरकारी र फलफूलमा रहेको विषादी मापन गर्न थालेको हो । उनले फलफूलका पाँच सय ४४ वटा नमुना परीक्षण गर्दा दुई वटा नमुनामा खान नमिल्ने गरि विषादी प्रयोग भएको फेला परेको बताए ।
खाद्य प्रविधिले कात्तिकदेखि तरकारी र फलफूलको विषादी परीक्षण गर्न थालेको छ । तीन महिनामा तरकारी र फलफूलका चार हजार ८३ वटा नमुना परीक्षण गरिएको उनले बताए । यसअघि रानीतलाउ सब्जीमण्डीस्थित विषादी अन्वेषण द्रुत विश्लेषण इकाईले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्दै आएको थियो ।
फोटो क्याप्सनः तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक ।

Previous articleराप्रपा बाँकेको कार्यसमिति विस्तार, उपाध्यक्षमा विन्दु र सचिवमा रुद्र मनोनित
Next articleकोरोना विरुद्धको खोप लगाउनेमा पनि नरैनापुर गाउँपालिका पछाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here