बाँके, ९ माघ, २०७८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको उपाध्यक्षमा बिन्दु चर्तिमगर मनोनयन भएकी छन् । राप्रपाको शनिवार बसेको बैठकले सचिबमा रुद्रमणी न्यौपानेलाई मनोनयन गरेको छ भने सह–सचिबमा इन्दिरा शाही, नारायण शर्मा र कोषाध्यक्षमा भरतध्वज शाही मनोनयन भएको सचिव न्यौपानेले बताए ।
राप्रपाको यसअघि भएको जिल्ला अधिवेशनले अध्यक्षसहित कार्यसमिति सदस्य, क्षेत्र, प्रदेश र संघीय प्रतिनिधि चयन गरेको थियो । राप्रपाको विधान अनुसार पदाधिकारी मनोनयन गरिएको अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिए ।