बाँके, ८ माघ, २०७८ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले आफूले पाउँदै आएको एक महिनाको तलव र भत्ता नेपालगन्जस्थित गुरुद्वारालाई प्रदान गरेका छन् । नगर प्रमुखमा निर्वाचित भएपछि उनले आफूले पाउँदै आएको मासिक तलबभत्ता सामाजिक कार्यमा खर्चिने वाचा गरेका थिए । नगर प्रमुख राणाले शनिबार गुरुद्वारा पुगेर एक महिनाको तलब र भत्ता गरि ४० हजार रुपैँया गुरुद्वारा संचालक समितिका अध्यक्ष राजेन्द्रसिंह सरदारलाई प्रदान गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख राणाले आफुले पाउँदै आएको सरकारी सुविधा सामाजिक संघ–संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।
शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगन्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताए ।