बाँकेमा एकैदिन एक सय २९ जनामा कोरोना पुष्टि

बाँके, ६ माघ, २०७८ ।


बाँकेमा एकैदिन एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका विभिन्न पिसिआर ल्यावमा एक सय ६७ जनाको स्वाव जाँच गर्दा एक सय सात र जमुनाहस्थित हेल्थ डेस्कमा एन्टिजेन मार्फत जाँच गर्दा २२ गरि एक सय २९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए । पोजेटिभ मध्ये बाँकेका ७८ जना छन् ।
उनका अनुसार, विहीवार भेरी अस्पतालको पिसिआर ल्यावमा ८६ जनाको स्वाव जाँच गर्दा ७० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५२ जनाको जाँच गर्दा २२ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा २९ जनाको जाँच गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ ।
उनले जमुनास्थित हेल्थ डेस्कमा एन्टिजेन प्रविधि मार्फत कोरोना जाँच गर्दा २२ जनामा कोरोना देखिएको छ । हालसम्म भेरी अस्पतालको कोभिड आइसोलेशनमा ३२ जना भर्ना भएका छन् । यी मध्ये आइसियू र भेन्टिलेटरमा एक–एक जनाको उपचार भइरहेको ओलीले जानकारी दिए ।
उनले दुई सय तीन जना महिला र दुई सय ४९ जना पुरुषसहित चार सय ५२ होम आइसालेशनमा छन् ।

Previous articleजेष्ठ नागरिकलाई डुडुवाको सम्मानः सामाजिक सुरक्षा बुझ्न नेपालगन्ज ल्याउँदै घरसम्म पुर्याउँदै
Next articleगुरुद्वारालाई नगर प्रमुख राणाले गरे ४० हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here