जेष्ठ नागरिकलाई डुडुवाको सम्मानः सामाजिक सुरक्षा बुझ्न नेपालगन्ज ल्याउँदै घरसम्म पुर्याउँदै

बाँके, ६ माघ, २०७८ ।


डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका सवै जेष्ठ नागरिलाई न्यानो कपडा प्रदान गरेको छ । बाँकेमा बढेको अत्यधिक चिसोलाई मध्यनजर गरि गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा र सामाजिक सुरक्षा भत्ता सँगै वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए ।
गाउँपालिकाले १–६ वडाका सवै जेष्ठ नागरिकलाई व्लाङ्केट, च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको उनले बताए । गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । दुई जना कर्मचारी खटाएर जेष्ठ नागरिकलाई घरबाट नेपालगन्जस्थित ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमा ल्याएर आर्थिक वर्ष ०७८–०७९ को पहिलो र दोस्रो त्रेमासिक साउन–पुससम्मको भत्ता लिन सहजीकरण गरिरहेको उनले बताए । ‘बैंकबाट भत्ता बुझेका जेष्ठ नागरिकलाई एक–एक थान बलाङ्केट र च्यवनप्राश प्रदान गरि घरैसम्म पुर्याउने ब्यवस्था मिलाइएको छ,’ उनले भने ।
डुडुवा गाउँपालिका १, चौफेरीका ९५ वर्षिय नन्कइ अहिरलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसो मौसममा यो न्यानो बलाङ्केटले राहत पुर्याउने विश्वास व्यक्त गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको बताए । उनले अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने आश्वासन दिए ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।
विहीबारसम्म एक हजार एक सय जनालाई ब्लाङ्केट वितरण गरिएको छ । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय लगायतले सामग्री वितरण गरेका थिए ।

Previous articleबार बर्दियामा बन विज्ञान शिक्षा : गरिव विद्यार्थीलाई पढाउँदै सहिद विष्णु-धनि स्मृति शिक्षालय
Next articleबाँकेमा एकैदिन एक सय २९ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here