सामाजिक दायित्व निर्वाह गर्दै सुविसु : स्थापना दिवसमा रक्तदान गर्ने

बाँके, २७ पुस, २०७८ ।


गाउँ र सहरमा गुणस्तरिय इन्टरनेट सेवा दिँदै आएको सुविसु केवल नेट लिमिटेडले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपालमा सूचना तथा संचार क्षेत्रमा केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक सुबिसुले २१ औँ वार्षिक उत्सवको अवसरमा नेपालगन्ज लगायत देशभरका २१ ठाउँमा रक्तदान गर्ने भएको हो ।
सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले ३० पुसमा नेपालगन्जको धम्बोझी नजिक रहेको कार्यालय अगाडी रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रेडक्रससँगको सहकार्यमा हुने रक्तदान कार्यक्रममा सहभागिताका लागि सुविसुले सवैसँग अपिल गरेको छ । ‘हामी गुणस्तरिय इन्टरनेट सेवा प्रदान मात्र गर्दैनौँ, सामाजिक दायित्व अन्तरगत समाजसेवा पनि गर्दछौँ,’ सुविसु नेपालगन्जका अधिकृत राम आचार्यले भने ।
उनले आगामी दिनमा पनि सामाजिक दायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्ने उनले बताए ।

Previous articleकोरोना तेस्रो लहरको कहर : भिड्भाड हुने कार्यक्रम नगर्न प्रशासनको आदेश
Next articleबार बर्दियामा बन विज्ञान शिक्षा : गरिव विद्यार्थीलाई पढाउँदै सहिद विष्णु-धनि स्मृति शिक्षालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here