कोरोना तेस्रो लहरको कहर : भिड्भाड हुने कार्यक्रम नगर्न प्रशासनको आदेश

बाँके, २७ पुस, २०७८ ।


जिल्ला प्रशासन कार्यालय बाँकेले भिड्भाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणका नाममा आदेश जारी गरेको छ । पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रशासनले भिड्भाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणका नाममा आदेश दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार आदेश जारी गर्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना नगर्न नगराउन भनेका छन् । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्न प्रजिअ खत्रीको आदेशमा उल्लेख छ ।
यसैगरी, सार्वजनिक स्थान (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदी) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्ड साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनु पर्ने भएको छ । यो व्यवस्था ७ माघदेखि लागु हुने आदेशमा उल्लेख छ ।
आगामी ७ माघदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाइजर राख्ने तथा प्रयोगको व्यवस्था मिलाउन प्रजिअ खत्रीले भनेका छन् ।

Previous articleहेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण
Next articleसामाजिक दायित्व निर्वाह गर्दै सुविसु : स्थापना दिवसमा रक्तदान गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here