हेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण

बाँके, २६ पुस, २०७८ ।
नेपाल–भारत सीमानाका जमुनाहस्थित हेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण भएको छ । ल्याब टेक्निसियन श्रीमण आचार्य, सिनियर अहेव रामबहादुर शाही, अहेव हेमन्त राना र कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई कोरोना संक्रमण भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले बताए ।
कोरोना संक्रमण भएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । संक्रमित स्वास्थ्यकर्मीलाई सामान्य रुघाखोकीको लक्षण देखिएको छ, सवैको अवस्था सामान्य छ,’ उनले भने ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि स्वाब टेष्ट गर्न जनशक्ति अभाव हुने भएको छ । नाकास्थित हेल्थ डेस्कमा १५ जना स्वास्थ्यकर्मी खटिएका छन् । ‘एक त पहिले पनि स्वास्थ्यकर्मी अपुग थिए, त्यसैमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । अव जनशक्ति अभाव हुने नै भयो,’ उनले भने ।
यसैवीच भारतबाट आउने नेपालीको कोरोना जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि भएको छ । जमुनाह नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन प्रविधि मार्फत कोरोना जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि भएको ल्याब टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।

Previous articleएमाले बाँके पदाधिकारीको टुंगो लाग्यो, पदाधिकारीमा को-को परे ?
Next articleकोरोना तेस्रो लहरको कहर : भिड्भाड हुने कार्यक्रम नगर्न प्रशासनको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here