एमाले बाँके पदाधिकारीको टुंगो लाग्यो, पदाधिकारीमा को-को परे ?

बाँके, २५ पुस, २०७८ ।


नेकपा एमाले बाँकेका पदाधिकारीको अन्तिम टुंगो लागेको छ । अध्यक्ष मण्डलले शनिवार सार्वजनिक गरेको नामावलीलाई सदर गर्दै पदाधिकारीको नाम टुंगो लगाएको हो । एमाले उच्च स्रोतका अनुसार अध्यक्षमा किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्लीबहादुर विसी, सचिवमा रत्न खत्री, उप–सचिवमा दीपक बर्मा र भूमिसरा धिताल चयन भएका छन् ।
कक्षपति यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षमा चयन भएका विसी जिल्ला कमिटी सदस्य थिए भने सचिवमा चयन भएका खत्री यसअघि पनि सचिवको भूमिकामा थिए ।
उपसचिव बर्मा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष हुन् । अर्का उपसचिव धिताल जानकी गाउँपालिकाको उपाध्यक्ष हुन् । गाउँपालिका अध्यक्ष रामनिवास यादवको निधन भएपछि कार्यवहाक अध्यक्षको भूमिकामा छिन् ।
सर्वसहमतको प्रयास गरे पनि अध्यक्षका प्रत्यासी निरक गुरुङले अध्यक्षमा दावी नछोडे पनि केन्द्रको दवावपछि उनले अडानबाट पछाडी हटेका हुन् । उपाध्यक्षमा विसीकोमात्र उम्मेदवारी परेको थियो । सचिवमा तीन र उपसचिवमा पाँच जानको उम्मेदवारी परेको थियो । पदाधिकारीको टुंगो लागे पनि सदस्य सहितको कमिटी भोली सोमवार सार्वजनिक गरिने भएको छ ।

Previous articleनेपालगन्ज नाकामा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला
Next articleहेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here