जमुनाह नाकामा फेला परेका सवैमा ओमिक्रोन भएको पुष्टि

बाँके, २४ पुस, २०७८ ।


नेपालगन्जस्थित जमुनाह नाकामा फेला परेका अधिकांश कोरोना संक्रमितमा ओमिक्रोन भेरियन्ट भएको अनुमान गरिएको छ । काठ्माडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार जिन सिक्वेन्सिङका लागि हालिएका सबै २४ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालगन्ज नाकामा फेला परेका संक्रमितमा पनि ओमिक्रोन भेरियन्ट भएको अनुमान गरिएको हो ।
जमुनाह नाकामा फेला परेका संक्रमित मध्ये जिन सिक्वेसिङका लागि १० जनाको स्वाब पठाए पनि अहिलेसम्म रिपोर्ट नआएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक तथा कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिए । उनले जिन सिक्वेसिङका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको मध्ये स्यापलको जाँच गर्दा शतप्रतिशतमा ओमिक्रोन फेला परेकोले यहाँ फेला परेका पनि संक्रमित पनि ओमिक्रोन भएको जिकिर गरे । ‘यहाँ फेला परेका संक्रमितमा पनि ओमिक्रोन भेरियन्ट हो भन्नेमा दुई मत छैन,’ उनले भने ।
ओमिक्रोन भेरियन्ट समुदायमा फैलिसकेको सरकारले पनि स्विकार गरिसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अव प्रमाणिकरणका लागि स्यापल नपठाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको उनले बताए । ‘जनस्वास्थ्य प्रयोगशालाले पुष्टिका लागि स्याम्पल पठाउन नपर्ने भनिसक्यो,’ उनले भने ।
शनिवार विहान मात्र जमुनाह नाकामा १३ जनामा कोरोना पुष्टि भएको छ । विहान ६ बजेदेखि १० बजेसम्म भारतबाट आउँदै गरेका १३ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन नेपालीले जानकारी दिए ।
हिजो शुक्रवार ३७ र विहीवार २७ जनामा कोरोना पुष्टि भएको थियो ।

Previous articleजग्गादाता विष्णु र लिलावतीको प्रतिमा अनावरण
Next articleनेपालगन्ज नाकामा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here