जमुनाह नाकामा शुक्रवार ३७ नेपालीमा कोरोना पुष्टि

बाँके, २३ पुस, २०७८ ।


नेपालगन्जस्थित जमुनाह नाकामा ३७ जना कोरोना संक्रमित फेला परेका छन् । भारतबाट आउँदै गरेका नेपालीको एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्दा ८ महिला सहित ४१ जनामा कोरोना पुष्टि भएको हेल्थ डेस्कका ल्याव टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।
शुक्रवार विहानदेखि बेलुकी ६ बजेसम्म सात सय ८४ जनाको जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
उनले शुक्रवार भारतबाट आउने सवै नेपालीको कोरोना जाँच गरिएको बताए । विहीवार २७ जना नेपालीमा कोरोना पुष्टि भएको थियो ।

Previous articleचिसोबाट जोगाउन नेपाली सेनाले दियो ७५ परिवार मगन्ता र मिर्गौला पीडितलाई कम्बल (फोटो सहित)
Next articleजग्गादाता विष्णु र लिलावतीको प्रतिमा अनावरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here