जग्गादाता विष्णु र लिलावतीको प्रतिमा अनावरण

बाँके, २३ पुस, २०७८ ।


बाँके डुडुवा गाउँपालिका वडा नं. २ स्थित बेतहनी स्वास्थ्य चौकीमा निर्माण गरिएको स्वर्गिय विष्णुप्रसाद चौधरी र श्रीमती लिलावती चौधरीको प्रतिमा अनावरण गरिएको छ । वार्ड नंं. २ बेतहनी निवासी भुतपूर्व प्रधान विष्णु र लिलावतीले स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गा दान गरेपछि भवन निर्माण गरिएको हो ।
विक्रम सम्बत २०६५ सालमा सात कठ्ठा जग्गा दान गरेपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सुविधा सम्पन्न भवन निमार्ण गरेको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार एक कार्यक्रमका विच जग्गादाताको प्रतिमा अनावरण गरे । उनले स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरिएको बताए ।


उनले यो लाखौँ मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुलाई सम्मान गर्न सिक्नुपर्ने बताए ।
त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोरा ओमप्रकाश चौधरी र शिवकुमार चौधरी तथा बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल माला लगाएर सम्मान गरे ।
स्वास्थ्य चौकी निमार्ण भएपछि डुडुवा १ होलिया, २ बेतहनी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहनी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

Previous articleजमुनाह नाकामा शुक्रवार ३७ नेपालीमा कोरोना पुष्टि
Next articleजमुनाह नाकामा फेला परेका सवैमा ओमिक्रोन भएको पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here