एमाले बाँकेको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा

बाँके, २१ पुस, २०७८ ।
आगामी २३–२४ पुसमा हुने आठाँै जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमालेले जनाएको छ । एमाले पार्टी कार्यालयमा बुधवार पत्रकार सम्मेलन गरि एमालेले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरक गुरुङ्गले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उप–समितिले आ–आफ्नो काम गरिरहेको बताए । उनले अधिवेशनका लागि चार सय ९७ आयोजक कमिटी सदस्य सहित एक हजार तीन सय ८३ जना प्रतिनिधिको सहभागिता रहने बताए ।
नेपालगन्जस्थित पार्टी कार्यालयमा विहान ठिक ११ बजे उद्घाटन हुने अधिवेशनमा एमालेका उच्च तहका नेतासहित विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
जिल्ला सचिव रत्न खत्रीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु सूर्य ढकाल, मोहम्मद हारुन, पशुपति दयाल मिश्रा, प्रदेश कमिटी सदस्यहरु, आयोजक कमिटीका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Previous articleआधारभूत विद्यालय बाँकीबेटारपुरमा शेर–रेवती स्मृति अक्षय कोष स्थापना
Next articleनेपालगन्ज होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा, माघदेखि संचालनको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here