नेपालगन्ज नाकामा तीन भारतीय सहित चार जनामा कोरोना पुष्टि

बाँके, २० पुस, २०७८ ।


नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कोरोना जाँच गर्दा मंगलवार चार जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये तीन भारतीय र एक नेपाली भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
दाङको इट्टा भट्टामा मजदुरी गर्न जान लागेका भारत पिलिभितका एक यूवा र प्यूठानस्थित स्वर्गद्वारी प्रभुको दर्शन गर्न हिडेका उत्तर प्रदेश मिहिपुर्वाका दुई जनामा कोरोना पुष्टि भएको उनले बताए ।
एन्टिजेन विधि मार्फत कोरोना जाँच गर्दा तीन जना भारतीयमा कोरोना पुष्टि भएको उनले बताए । कोरोना पुष्टि भएका तीनै जना भारतीयलाई भारत फिर्ता पठाइएको उनले बताए । ‘पिलिभितका यूवालाई साथमा रहेका बाबुको र दुई जनालाई रुपइडिहास्थित भारतीय स्वास्थ्यकर्मीको जिम्मा लगाएका छौँ,’ उनले भने ।
त्यसैगरि, दिउँसो ३ बजेपछि एक जना नेपालीमा कोरोना पुष्टि भएको छ । भारतबाट आउँदै गरेका अछामका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । उनलाई भेरी अस्पतालको आइसोलेशनमा राखिएको ज्ञवालीले जानकारी दिए ।

Previous articleनेपालगन्जको कालीमाई मन्दिरमा २०-२६ पुससम्म श्रीराम कथा बाचन हुने
Next articleचिसो बढेपछि खजुराका विद्यालय तीन दिनका लागि बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here