चिसो बढेपछि खजुराका विद्यालय तीन दिनका लागि बन्द

बाँके, २० पुस, २०७८ ।


अत्यधिक चिसो बढेपछि खजुरा गाउँपालिकामा रहेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो भएपछि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
शीतलहरका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न र अध्ययन, अध्यापनमा असहज भएकोले छोटो समयका लागि विद्यालय बन्द गरिएको उनले बताए । उनले शीतलहर र चिसोको अवस्था हेरेर विद्यालय खोल्ने–नखोल्ने निर्णय लिने बताए ।
शैक्षिक संस्था बन्द गरिए पनि प्रशासनिक काम भने सुचारु रहने उनले जानकारी दिए । ‘विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरि विद्यालय बन्द गरिएको छ, तर प्रशासनिक काम यथावत रहने छ,’ शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Previous articleनेपालगन्ज नाकामा तीन भारतीय सहित चार जनामा कोरोना पुष्टि
Next articleआधारभूत विद्यालय बाँकीबेटारपुरमा शेर–रेवती स्मृति अक्षय कोष स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here