नेपालगन्जको कालीमाई मन्दिरमा २०-२६ पुससम्म श्रीराम कथा बाचन हुने

बाँके, १९ पुस, २०७८ ।


कसौधन बैश्य समाजले नेपालगन्ज उपमहानगरपालिका ८, एकलैनीस्थित कालीमाई मन्दिरमा २०–२६ पुससम्म श्री राम कथा गर्ने भएको छ । नैतिक शिक्षा नदिँदा आफू भन्दा ठूलालाई आदर, सत्कार र सानालाई माया गर्ने बानीको विकास बालबालिकामा नभएकोले आदर्श ब्यक्ति बन्ने पाठ सिकाउन श्री राम कथा बाचन कार्यक्रम राखिएको कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
उनले माता–पितालाई छोराछोरीले गर्ने ब्यवहार, बुहारीले सासु–ससुरालाई गर्नुपर्ने सत्कार, अभिभावकले आफ्ना सन्ततीसंग गर्नुपर्ने ब्यवहारको पाठ श्री राम कथाबाट सिक्न सकिने बताए । ‘श्री राम कथाले आ–आफ्ना कर्तव्य के हो ? त्यसको सन्देश दिन्छ, त्यही उद्देश्यका साथ श्री राम कथा आयोजना गरिएको छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंधन र युवा मञ्चका अध्यक्ष आदित्यकुमार गुप्ताले श्रीराम कथाको बारेमा जानकारी गराए । कथा दिउँसो ३–६ बजेसम्म हुने जानकारी भएको छ ।
कथा बाचन अघि २० पुस बिहान ७ बजे कालीमाई मन्दिरबाट शोभायात्रा निस्कने भएको छ । शोभायात्रा त्रिभुवन चौक हुँदै त्रिवेणीमोड, बागेश्वरी मन्दिर, धम्बोझी चोक, सेतुबिक चोक भएर फेरी कालीमाई मन्दिरमा फर्किने महासचिव सत्यनारायणले बताए । भारत बिन्द्रावनका पुरुषोत्तम उपाध्यायले कथा बाचन गर्ने अध्यक्ष नन्दलालले जानकारी दिए ।

Previous articleनेपालगन्ज नाकामा एकै दिन तीन महिलासहित १० जनामा कोरोना पुष्टि
Next articleनेपालगन्ज नाकामा तीन भारतीय सहित चार जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here