एमाले बाँके अधिवेशनको तयारी तीव्र, लोगो सार्वजनिक

बाँके, १९ पुस, २०७८ ।


नेकपा एमाले बाँकेको २३–२४ पुसमा हुने ८ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ । एमाले पार्टी कार्यालयमा एक कार्यक्रमका वीच लोगो सार्वजनिक गरिएको हो ।
एमाले बाँके अध्यक्ष निरक गुरुङ र नेकपा एमाले प्रचार समिति संयोजक डिल्ली विसीले सामुहिक रुपमा लोगो सार्वजनिक गरेका सचिव रत्न खत्रीले जानकारी दिए ।
अधिवेशनको तयारी तीब्र पारिएको मंच ब्यवस्थापन समितिका संयोजक मिन मल्लले बताए । बाँकेका ८१ वटा वडाबाट करिब एक हजार एक सय प्रतिनिधि चयन भइसकेको संगठन विभाग प्रमुख भीम ओलीले जानकारी दिए ।
जिल्ला अध्यक्षका लागि बर्तमान अध्यक्ष निरक गुरुङ, बर्तमान सचिव रत्न खत्री, डिल्ली विसी, बसन्ती अधिकारी, किस्मत कक्षपति लगायत नेताले आकांक्षा देखाएका छन् ।

Previous articleनरैनापुरका ९ हजार ५ सय घरधुरीलाई खाना पकाउने ग्यास र चुल्हो सेट वितरण सुरु
Next articleयूवा नेता कुस्माखर बस्याल एमालेमा फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here