फोहर ब्यवस्थापनमा नमूनायोग्य काम गरेको नेपालगन्ज उप-महानगरको दावी

बाँके, १४ पुस, २०७८ ।
नेपालगन्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको दावी गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगन्जलाई सुन्दर, सफा र हरित शहर बनाउन सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरेका छन् । देशमा विभिन्न शहरमा ल्याण्डफिलसाईट निर्माण कार्य पुरा नभए पनि नेपालगन्जमा निर्माण भई सञ्चालनमा आइसकेको उनले बताएका छन् ।
विज्ञप्तीमा नेपालगन्जमा दैनिक फोहर ब्यवस्थापनका लागि स्थायी, ज्यालादारी र करारमा गरि १५५ जना कर्मचारी कार्यरत रहेको र उनीहरुको मासिक तलबमा ३४ लाख ९ हजार ४०१ रुपैँया खर्च भइरहेको छ ।
सरसफाईको नाममा मासिक चार करोड शिर्षकमा एक सञ्चार माध्यममा प्रकाशित समाचारको भ्रममा नपर्न उपमहानगरले सबैमा अनुरोध गरेको छ । मुख्य सडकको फोहार ब्यवस्थापनका लागि ई–विडिङ्गमार्फत फर्महरु छनोट गरिएको र सार्वजनिक निजी साझेदारी अन्तर्गत केही वडामा वडा कार्यालयको सिफारिस तथा नगर कार्यपालिकाको निर्णयका आधारमा घर–घरबाट फोहर संकलनका लागि गैर सरकारी संस्थाहरु छनोट हुने विज्ञप्तीमार्फत स्पष्ट पारिएको छ ।

Previous articleचिसोबाट जोगाउन राहत प्याकेज ल्याउन जेष्ठ नागरिकको माग
Next articleएमाले लुम्बिनी प्रदेश अधिवेशन भब्य बनाउन प्रचार समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here