भारतको राजधानी नयाँ दिल्लीमा फेरि रात्रीकालिन कर्फ्यू जारी

बाँके, १२ पुस, २०७८ ।


भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि रात्रीकालिन कर्फ्यू जारी गरिएको छ । भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको दिल्ली सरकारले जनाएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबार रातीबाट लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो । यसअघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू लागिसकेको छ।
नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन् । यो सँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या एक हजार १०३ पुगेको छ ।
राज्य सरकारका अनुसार राज्यमा कोरोना संक्रमित दरमा ०.५ प्रतिशत वृद्धि भएको जनाएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।
आइतबार मात्रै महाराष्ट्रमा सबैभन्दा बढी ३१ जनामा ओमिक्रोनका संक्रमित फेला परेका छन्। केरलामा १९, चण्डीगढ र मध्य प्रदेशमा ९–९, ओडिसामा ४, तेलंगनामा ३, आन्द्र प्रदेशमा २ हिमाञ्चल प्रदेशमा १ जनामा ओमिक्रोन फेला परेको छ ।

Previous articleनिर्वाचन कार्यालयमा थामी नसक्नु भीड : ७८ बर्षिया बृद्धाले बनाइन पहिलो पटक मतदाता परिचय पत्र (फोटो सहित)
Next articleछात्रालाई उच्च शिक्षा पढ्न हौसला दिँदै राप्तीसोनारी गाउँपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here