बाँके, १० पुस, २०७८ ।
प्रहरी चौकी वेतहनीमा खानेपानी जडान भएपछि सेवाग्राहीलाई सहज भएको छ । प्रहरी चौकीको समन्वयमा नेपाल डेभलपमेन्टले खानेपानीका लागि धारा जडान गरेको बेतहनी प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकले बताए ।
उनले पिउने पानी नहुँदा प्रहरी चौकीमा आउने सेवाग्राहीलाई असहज भएपछि नेपाल डेभलपमेन्टले पानी टंकी, पानी तान्ने मोटर, चापाकल (हेण्डपम्प) जडान गरि खानेपानी सहयोग गरेको बताए ।
प्रहरी चौकीमा खानेपानीको सुविधा भएपछि वरपरका सर्वसाधारणले समेत स्वच्छ पिउने पानी पाएको उनको भनाई छ । ‘पानी नपाएर सेवाग्राहीलाई बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने ।
प्रहरी चौकीमा धारा जडान भएपछि सहज भएको स्थानीय श्यामानन्द बर्माले बताए । उनले वरपरका सर्वसाधारणले समेत स्वच्छ खानेपानी सुविधा पाएको बताए ।