प्रेस चौतारी बाँकेको अधिवेशन २८ पुसमा गर्ने तय

बाँके, १० पुस, २०७८ ।


प्रेस चौतारी नेपाल बाँकेले ९ औं अधिवेशन २८ पुसमा गर्ने भएको छ । जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको सचिव कमल डाँगीले जानकारी दिए ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय गरेको प्रेस चौतारीले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले अधिवेशन अगाडी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।
चौतारीको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बैठकमा प्रेस चौतारीका केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, भेषराज बस्नेत, गोविन्द शर्मा, ठाकुरसिंह थारु, रुपा गहतराज, केन्द्रीय सल्लाहकार शिव डोटेल, डिल्ली बिसी, अछरी पोखरेल लगायत विचार राखेका थिए ।
यसैबीच, प्रेस चौतारी बाँकेले नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्रालाई सम्मान तथा स्वागत गरेको सचिव डाँगीले जानकारी दिए ।

Previous articleवेतहनी प्रहरी चौकीमा धारा जडान भएपछि सेवाग्राहीलाई राहत
Next articleराप्तीसोनारी ६, फत्तेपुरमा जेष्ठ नागरिक मञ्च गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here