डुडुवाकोे योजना : १५ शैयाको अस्पताल संचालन, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान

बाँके, ९ पुस, २०७८ ।
डुडुवा गाउँपालिकाले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सुविधा सम्पन्न १५ शैयाको अस्पताल संचालनको तयारी गरेको छ । १० औँ गाउँसभाका अवसरमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मेडिकल अफिसर सहितको स्वास्थ्य सेवा संचालनका लागि पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र आवश्यक स्वास्थ्य उपकरणहरु खरिद प्रक्रिया अगाडी बढेको बताए । अस्पताल भवनका लागि डिपिआर तयार भइसकेको उनको भनाई छ ।
उनले अस्पतालमा डिजिटल एक्स–रे, अल्ट्रा–साउण्ड, ई.सी.जी. मेसिन, अक्सिजन सहित स्वास्थ्य मोनिटर लगायतका सामग्री व्यवस्थापन गरि संचालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका सँग जेष्ठ नागरिक कार्यक्रम संचालन गरिएको बताए । ‘जेष्ठ नागरिकको स्वास्थ्य बीमा गर्ने काम पूरा भई जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर निःशुल्क औषधि उपचार गर्ने कार्य जारी छ,’ उनले भने ।
आधारभूत स्वास्थ्य सेवाका लागि डुडुवा गाउँपालिका वडा नं. १ को कुडुवा र वडा नं. ५ को डलैपुरमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको बताउँदै अध्यक्ष चौधरीले वडा नं. ६ स्थित स्वास्थ्य चौकीमा ल्याव स्थापना भई जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।
गाउँपालिकाले घर–घरमा पशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै पशु स्वास्थ्य सेवालाई निशुल्क बनाएको छ । त्यसैगरि, वडा नं. २ मा रहेको बिउ प्रशोधन केन्द्रमा विउ प्रोसेसिङ प्लान्ट संचालनका लागि चाँडै कर्मचारी र कार्यालय व्यवस्थापन गरि चालु आर्थिक बर्षमै संचालनमा ल्याइने तयारी गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले वडा नं. ६ हिरमिनियामा कोल्ड स्टोर निर्माणको काम अगाडी बढाएको छ भने, प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
छोरीलाई शिक्षा प्रदान गरि अगाडी बढाउन गाउँपालिकाले कन्या मुद्घति शिक्षा योजना कार्यक्रम अन्तर्गत प्रति छोरी १० हजार मुद्घती खातामा राख्ने कार्यलाई यस आवमा पनि निरन्तरता दिएको छ । ‘गाउँपलिका भित्रका दुई हजार एक सय जेष्ठ नागरिकलाई सम्मान र न्यानो कम्मल वितरणको लागि खरिद प्रकृया सम्पन्न गरि अव छिटै वितरण गरिने छ,’ अध्यक्ष चौधरीले भने ।

Previous articleओमिक्रोनको सन्त्रास : भारतको उत्तर प्रदेशमा रात्रीकालिन कर्फ्यू जारी
Next articleवेतहनी प्रहरी चौकीमा धारा जडान भएपछि सेवाग्राहीलाई राहत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here