ओमिक्रोनको सन्त्रास : भारतको उत्तर प्रदेशमा रात्रीकालिन कर्फ्यू जारी

बाँके, ९ पुस, २०७८ ।


कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले शनिवारदेखि रातको समयमा निषेधाज्ञा लगाएको छ । उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रीकालिन कर्फ्यु लगाउन लागेको मुख्यमन्त्री योगी आदित्य नाथले बताएका छन् ।
उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ । सरकारले जारी गरेको आदेश अनुसार, बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा दुई सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन् । ‘सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ । आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ,’ मुख्यमन्त्री आदित्य नाथले जारी गरेको सूचनमा उल्लेख छ ।
मास्क अनिवार्य
बजारमा ‘मास्क नलगाउनेलाई सामान नदिने’ सन्देशसहित व्यापारीलाई सचेत गराइएको छ । मास्क नलगाएका ग्राहकलाई कुनै पनि पसलेले सामान बेच्न नपाउने नियम लागू गरिएको छ । सडक÷बजारमा हिड्डुल गर्ने सबैका लागि मास्क अनिवार्य गरिएको छ । प्रहरीले निरन्तर गस्ती गर्नेछ ।
भारतको कुनै पनि राज्य वा विदेशबाट उत्तर प्रदेशको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ–टेस्टिङ गरिने छ। नेपालसँग सीमा जोडिएका जमुनाहा‚ ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा‚ भुजहवा‚ खकरौला‚ गौरीफण्टा‚ कोइलावास‚ नौतनवा‚ बढनी लगायतका नाकामा सुरक्षा कडा पारिएको छ। प्रदेशमा सञ्चालन हुने बस, रेलवे र विमानस्थलमा थप सतर्कता अपनाइनेछ ।
आइआइटी कानपुरका अनुसन्धानकर्ताले आफ्नो नयाँ अध्ययनमा ३ फेब्रुअरीमा कोरोना संक्रमण शिखर अवस्थामा पुग्ने बताएका छन् । टोलीको नेतृत्वमा हालसम्मका संक्रमितको समिक्षा गरिएको छ ।

Previous articleवडा प्रहरी कार्यालयलाई अम्बिकेश्वरी यातायातको बेञ्च सहयोग
Next articleडुडुवाकोे योजना : १५ शैयाको अस्पताल संचालन, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here