बाँके, ८ पुस, २०७८ ।
विभिन्न काम लिएर आएका सेवाग्राहीको सुविधाका लागि अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालिले वडा प्रहरी कार्यालय, नेपालगन्जलाई फलामको बेञ्च प्रदान गरेको छ । सेवाग्राहीलाई बस्न असहज भएपछि वडा प्रहरीका कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्काको आग्रहमा १२ जना बस्न मिल्ने एक थान फलामको बेञ्च प्रदान गरिएको प्रालिका अध्यक्ष गोपाल ओलीले बताए ।
बेञ्च हस्तान्तरण कार्यक्रममा वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक खड्काले बेञ्चमा बसेर सेवाग्राहीसँग छलफल गर्न सहज हुने बताए । उनले सानो सहयोगले वडा प्रहरी कार्यालयलाई ठूलो राहत मिल्ने बताए । सो अवसरमा वडा प्रहरी कार्यालयका सई माधवप्रसाद रिजाल लगायत अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।