अदालतबाट सजाय पाएका फरार अपराधी पक्राउ

बाँके, ७ पुस, २०७८ ।


सवारी ज्यान मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले सवारी ज्यान मुद्दामा सजाय पाएपछि फरार भएका नेपालगन्ज उपमहानगरपालिका १८ का ३० बर्षिय साधु अहिरलाई बुधवार पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले १७ फागुन, २०७७ मा उनलाई ३ महिना १९ दिन कैद र दुई हजार रुपैँया जरिवाना हुने फैसला गरेको थियो । पक्राउ परेका अहिरलाई बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleतीन सय ट्याब्लेट नाइट्रोभ्याट सहित एक युवक पक्राउ
Next articleवडा प्रहरी कार्यालयलाई अम्बिकेश्वरी यातायातको बेञ्च सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here