बाँके, ६ पुस, २०७८ ।
इलाका प्रहरी कार्यालय जमुनाहले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमा बजार रुपइडिहाबाट आउँदै गरेका शैलेशिखर नगरपालिका ९, दार्चुलाका १९ बर्षिय नरेन्द्र विष्टलाई प्रहरीले जमुनाहदेखि एक किलोमिटर पूर्वबाट पक्राउ गरेको जमुनाह प्रहरी इन्चार्ज मिनबहादुर विष्टले जानकारी दिए ।
बिष्टको साथबाट २० फाइल (तीनसय ट्याब्लेट) लागुऔषध नाइट्रो भ्याट बरामद भएको उनले बताए । अवैध बाटो भएर आउँदै गरेका उनलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।