बाँके, १ पुस, २०७८ ।
झण्डै ४० बर्ष अघि निर्माण भएका पुल मर्मत गरि संचालनमा ल्याउने काम बाँकेमा भएको छ । पुल जीर्ण नभएको मर्मत, सम्भार भइरहेकोे पुल योजना मध्य तथा सुदूरपश्चिम सेक्टर नं. ३ नेपालगन्जले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्मका पुलको मर्मत, सम्भार गर्नुपर्ने भए पनि जीर्ण नभइसकेको पुल योजना नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।
उनले बाँके र बर्दियाका २२ वटा पुल मर्मत भइरहेको बताए । बाँकेका १५ र बर्दियाका ७ गरि २२ पुल मर्मत, सम्भार भइरहेको बताए ।
बाँकेका पुल करिव ४० बर्ष पहिले निर्माण भएको उनको भनाई छ । ‘यी पुलको आयू ५०–७५ बर्ष हो । जीर्ण भई नसकेकोले मर्मतको काम भइरहेको छ,’ उनले भने ।
पुलको जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिङ सफा गर्ने र ग्रिसिङको काम भइरहेको उनले बताए । पुरानो भएकोले मर्मतको आवश्यकता भएको बताउँदै उनले मर्मत, सम्भार गरे अझैँ २० बर्ष टिक्ने जिकिर गरे । यी पुल आइआरसी क्लास ‘ए’ निर्माण भएका पुल भएको उनको भनाई छ । भारतीय मापदण्डको भएकोले कति क्विन्टल लोड धान्न सक्छ भन्ने हुँदैन, तर पुलमा लोड गाडी गुडेको आधारमा पुलको आयू घट्दै जान्छ,’ भण्डारीले भने ।