नेपालगन्जमा २० प्रतिशत निरक्षर, चैतभित्र साक्षर घोषणाको तयारी

बाँके, १ पुस, २०७८ ।


नेपालगन्जलाई साक्षर नगर घोषणाको तयारी गरिएको छ । नगर भित्र रहेका निरक्षरलाई साक्षर बनाई आगामी चैत भित्र साक्षर घोषणाको तयारी गरिएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
उनले नगरमा हाल २० प्रतिशत असाक्षर रहेको बताउँदै उनीहरुलाई साक्षर बनाउन विशेष साक्षर अभियान संचालन गरिने बताए । उनले १०–६० बर्ष उमेर समुहका ९९ प्रतिशत नागरिक साक्षर भएमा नगरलाई साक्षर घोषणा गरिने जानकारी दिए । ‘नगरलाई साक्षर घोषणा गर्न साक्षरता अभियान संचालनको तयारी गरेका छौँ,’ उनले भने ।
नगरलाई साक्षर घोषणा गर्न थालिएको अभियानका बारेमा जानकारी दिन उपमहानगरले आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएको छ ।

Previous articleबाँकेका चार लाख ३६ हजारले लगाए कोरोना विरुद्धको खोप
Next articleबाँके र बर्दियाका पुल ४० बर्ष पुराना, २२ पुल मर्मत गरिदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here