अस्पतालजन्य फोहर ब्यवस्थापनका लागि प्रशोधन केन्द्र संचालनको तयारी

बाँके, २८ मंसिर ।


शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल एवम् समिक्षा कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणाले नेपालगन्जलाई पश्चिम नेपालको तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुलो शहर भएको भन्दै यसलाई स्वास्थ्यको हवको रुपमा अघि बढाउन उपमहानगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।
प्रोत्साहन र प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख राणाले बताए । अस्पतालजन्य फोहर ब्यवस्थापन सबै अस्पतालका लागि चुनौती भएको भन्दै उनले जिआईजेडको सहकार्यमा अस्पतालजन्य फोहर ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरिने जानकारी दिए । उनले उक्त प्रशोधन केन्द्र सञ्चालन हुने चरणमा पुगेको जिकिर गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नेपालगन्जमा संख्यात्मक रुपमा धेरै स्वास्थ्य संस्था भएपनि आम नागरिकलाई सहजताका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
वाताबरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगन्जका अस्पतालबाट दैनिक एक हजार २४२ किलोग्राम अस्पतालजन्य फोहर उत्पादन हुने जानकारी दिँदै प्रशोधन केन्द्र सञ्चालन भएपछि ब्यवस्थापनमा सहज हुने बताए ।
उप–महानगरपालिका सहित निजी स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी ब्यवस्था विभाग, नेपाल रेडक्रस सोसाईटी लगायतका संघ–संस्थाका प्रतिनिधी सम्मिलित बैठकले प्रशोधन केन्द्रबाट अस्पतालजन्य फोहर ब्यवस्थापनका लागि निश्चित मापदण्ड, शुल्क निर्धारण लगायतका विषयमा १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । उक्त कार्यका लागि नेपालगन्ज उपमहानगरपालिकाका वाताबरण शाखा प्रमुख डिसीको संयोजकत्वमा र नेपालगन्ज उपमहानगरपालिकाका विशेषज्ञ चिकित्सक डा. प्रकाश नागको संयोजकत्वमा मेडिकल हबका लागि गर्न सकिने आवश्यक प्रोत्साहन तथा प्रवद्र्धनात्मक कार्यक्रम बारे प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । दुबै समितिले १० दिनभित्र प्रतिवेदन उपमहानगरपालिकामा बुझाउने भएका छन् ।

Previous articleफोनिज बाँके अध्यक्षमा थारु सर्वसम्मत निर्वाचित (फोटो सहित)
Next articleकांग्रेसको नेतृत्व फेरि देउवाकै काँधमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here