समयमा योजना सम्पन्न गर्न अनुगमनमा तीव्रता, गाउँपालिका भवनको निमार्ण कार्य अन्तिम चरणमा

बाँके, २२ मंसिर, २०७८ ।


पालिकामा संचालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा संचालित ठुला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।
उनले गाउँपालिकामा संचालित सबै भन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको बताए ।
गाउँपालिकाको प्रशासनिक भवनको निमार्णको काम करिब ८० प्रतिशत पुरा भएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । तीब्र गतिमा निमार्ण भइरहेको भवन नयाँ आर्थिक बर्ष अघि नै संचालनमा ल्याउने बताए । उनले गाउँपालिकाको नयाँ भवनले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न सजिलो हुने बताए ।
गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको अनुगमन टोलीले निमार्ण पूरा भएको वार्ड नं. ४ स्थित मस्जिद र वार्ड नंं. ६ स्थित श्री सरस्वती मावि भंघोटनामा नवनिर्मित दुई कोठे भवनको अनुगमन गरेको छ । वार्ड नं. ४ मोल्हुपुर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन रु. २६ लाखको लागतमा निमार्ण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए ।

Previous articleविहीवार (भोली) नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ हुने
Next articleखजुरा घटना : दुर्ब्यवहार गर्नेले मागे माफी, आरोपमा कुनै सत्यता नभएको कर्मचारीको स्पष्टोक्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here