भारतबाट ल्याउँदै गरेको दुई लाख मुल्य पर्ने अबैध सामान बरामद

बाँके, २१ मंसिर, २०७८ ।


बाँके प्रहरीले भारतबाट अवैध रुपमा सामान भित्रिन नदिन कडाई गरेको छ । अवैध बाटो प्रयोग गरि हुने सामान ओसार पसारलाई नियन्त्रण गर्न प्रहरीको विशेष टोली परिचालन गरेको बाँके प्रहरीले जनाएको छ ।
यसैको फलस्वरुप प्रहरीले सोमवार ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको दुई लाख १७ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
अवैध रुपमा भारतबाट ल्याउँदै गरेको सामान नेपालगन्ज उपमहानगरपालिका १० बाट नियन्त्रणमा लिएको उनले बताए । उनले कपडा, चिनी, सुपारी र धाराको सामान बरामद गरि थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।

Previous articleद्वन्द्व प्रभावित महिलाको माग : सत्य निरुपण तथा मेलमिलाप आयोगले काम अगाडी बढावस्
Next articleतीनै तहको निर्वाचनमा सहभागिता खोज्दै द्वन्द्व पीडित र एकल महिला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here