बाँके, ८ मंसिर ।
नेपाली काँगे्रस बाँके क्षेत्र नंं. ३ को सभापतिमा नक्की खाँ पुनः निर्वाचित भएका छन् । उनी संस्थापन (देउवा) पक्षका हुन् । उक्त क्षेत्रमा संस्थापन इतर (कोइराला–पौडेल) पक्षले उम्मेदवारी नदिएपछि खाँ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
आदिवासी जनजाती, दलित महिला, खस आर्य लगायत समानुपातिक पदका क्षेत्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएको निर्वाचिन अधिकृत वीरेन्द्र यादवले जानकारी दिए । क्षेत्रीय सचिव, सहसचिव लगायत पदका लागि भने बिहीबार मतदान हुने यादवले बताए । दुई जना सचिवका लागि चार र दुई जना सहसचिव पदमा तीन जनाको उम्मेदवारी परेको उनले बताए ।