बाँकेका विभिन्न अस्पतालमा उपचाररत ७७४ संक्रमितको मृत्यू

File Photo

बाँके, ८ मंसिर, २०७८ ।


कोरोनाका कारण बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात सय ७४ जना संक्रमितको मृत्यु भएको छ । पहिलो लहर र दोस्रो लहर गरि बाँकेका विभिन्न अस्पतालमा उपचाररत सात सय ७४ जनाले ज्यान गुमाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले जनाएको छ ।
कोरोनाका कारण बाँकेका तीन सय ४१ जनाले ज्यान गुमाएको डिसिएमसीका फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसैगरि, उपचारका लागि बाहिरी जिल्लाबाट आएका चार सय ३३ जनाको बाँकेका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये पुरुषको संख्या धेरै छ । उनले पहिलो र दोस्रो लहर गरि चार सय ८८ जना पुरुष र दुई सय ८६ जना महिलाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए ।
बाँकेका विभिन्न पिसिआर ल्यावमा एक लाख चार सय ६७ जनाको कोरोना परीक्षण भएको छ । ति मध्ये १८ हजार चार सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेका स्थानीय तहले एन्टिजेन विधिमार्फत कोरोना जाँच गरेका छन् । यहाँका पालिकाले १३ हजार चार सय ५३ जनाको एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्दा एक हजार आठ जनामा मात्र कोरोना पुष्टि भएको छ ।
जमुनाहस्थित हेल्थ डेस्कले भारतबाट फर्किने नेपालीको एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्दै आएको छ । हेल्थ डेस्कले हालसम्म ४३ हजार २०२ जनाको कोरोना जाँच गर्दा तीन सय ९६ जनामा कोरोना पुष्टि भएको डिसिएमसीले जनाएको छ । हाल भेरी अस्पतालको कोभिड वार्डमा चार सिकिस्त सहित ११ जना संक्रमित उपचाररत रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

Previous articleअदालतमा आन्दोलनको असर : बाँके जिल्ला र उच्च अदालतको इजलाश सुनसान
Next articleबाँके काँग्रेस निर्वाचन : क्षेत्र नं. ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here