बाँके काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र : संस्थापन पक्षले चार र इतर पक्षले दुई प्रदेशसभा क्षेत्रमा विजयी

बाँके, ६ मंसिर, २०७८ ।

बाँकेमा नेपाली काँग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ । कुल ६ वटा प्रदेश सभा क्षेत्र भएको बाँकेमा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारीमा संस्थापन (देउवा) पक्षिय उम्मेदवार र दुई वटामा संस्थापन इतर (पौडेल–कोइराला) पक्षले जितेका छन् ।
संस्थापन पक्षले प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क), प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख), प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (क) र (ख) को सभापति सहित पदाधिकारी जितेको छ । भने, संस्थापन इतर (पौडेल–कोइराला) पक्षले प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) र २ (क) को सभापति सहित प्यानल जितेको छ ।
कुन प्रदेशसभा निर्वाचन क्षेत्रमा कसले जित्यो ?
बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारु निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका हुन् ।
निर्वाचित भएका लक्ष्मणले एक सय २५ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी पौडल–कोइराला पक्षका जुगलाल थारुले एक सय १४ मत पाए । पदाधिकारी सबैमा लक्ष्मणकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दुई सय ५० मतदाता रहेको प्रदेशसभा क्षेत्र नं. १ (क) मा दुई सय ४४ मत खसेको थियो ।
त्यसैगरि, प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा संस्थापन पक्षका जितेन्द्रबहादुर हमाल निर्वाचित भएका छन् । निर्वाचनमा उनले प्रतिष्पर्धी अकवर अली दर्जीलाई पराजित गरेका हुन् । हमालले एक सय ५२ मत पाउँदा दर्जीले ६४ मत पाए ।
पदाधिकारी सबैमा हमालकै प्यानल निर्वाचित भएका छन् । उपसभापतिमा अभिषेककुमार श्रेष्ठ र सुभाषचन्द्र गुप्ता, सचिवमा गोकर्णबहादुर शाही र फैयाज हुसैन हल्वाई निर्वाचित भएको मतदान अधिकृतले जनाएका छन् । सहसचिवमा पनि संस्थापन पक्षका राजकुमार बाल्मिकी र विजयविक्रम शाह निर्विरोध निर्वाचित भएका थिए । कुल दुई सय ३० मतदाता रहेको प्रदेशसभा क्षेत्र नं. २ (ख) मा दुई सय २३ मत खसेको उनले बताए ।
यसैगरि, एउटा पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि प्रदेशसभा क्षेत्र नं. ३ (क) को सभापतिमा संस्थापन पक्षका केशवकुमार शाह निर्विरोध निर्वाचित भएको छन् । उपसभापतिमा संस्थापन पक्षका कन्हैलाल थारु र फरिरुद्धिन हल्वाई, सचिवमा धिरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सह–सचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधितर्फ खुल्ला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिए । यी पनि संस्थापन पक्षका भएको दावी गरिएको छ ।
प्रदेश सभा क्षेत्र नं. ३ (ख) को सभापतिमा निर्विरोध निर्वाचित भएका राजेन्द्रकुमार आचार्य पनि संस्थापन पक्षका हुन् । उप–सभापतिमा संस्थापन पक्षका राजकिशोर महतरा (क्षेत्री) र राममनोरत अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सह–सचिवमा विवेक मल्ल र नुरुल अलि इद्रीसी निर्वाचित भएको मतदान अधिकृत बिक्रम भण्डारीले जानकारी दिए ।
प्रदेशसभा निर्वाचन क्षेत्र नंं. १ (ख) र २ (क) मा संस्थापन इतर विजयी
तर, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा संस्थापन इतर समूहका बलराम शर्मा निर्वाचित भएका छन् । संस्थापन समूहका महावीर वलीलाई हराउँदै शर्मा सभापतिमा निर्वाचित भएका हुन् । शर्माले १८९ मत ल्याए । उनका प्रतिद्वन्द्वी वलीले १४६ मत पाए । पदाधिकारी सबैमा शर्मा नेतृत्वको प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा डा. राजकुमार सुवेदी र भाइराम वली, सचिव भिमप्रसाद पौडेल र लिलबहादुर राना तथा सहसचिवमा यज्ञराज सापकोटा र रुपलाल बुढाथोकी निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली काँग्रेस बाँके प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा संस्थापन इतर पक्षका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । आइतवार अवेर रात सम्पन्न मतगणना अनुसार संस्थापन इतर पक्षका चौधरीले एक सय ३० मत पाएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शिवकुमार बर्माले ८६ मत पाए । पदाधिकारी सबैमा चौधरी नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा मनोजकुमार चौधरी र नरबहादुर बोहरा, सचिवमा लक्ष्मण सिंह र बेलबहादुर बोहरा तथा सहसचिवमा जयप्रकाश खटिक र समसुद्दिन खाँ निर्वाचित भएका छन् ।

Previous articleबाँके काँग्रेस प्रदेशसभा क्षेत्र निर्वाचन : संस्थापन पक्ष बलियो
Next articleअदालतमा आन्दोलनको असर : बाँके जिल्ला र उच्च अदालतको इजलाश सुनसान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here